प्रचण्डले छोरी-बुहारीलाई टीका लगाइदिए, आफ्नो निधार खाली

| २०७९ असोज १९ गते १५: १० मा प्रकाशित

काठमाडौं । जनयुद्धमा माओवादीहरू दशैं मनाउँदैन्थे । त्यही जनयुद्धका सर्वोच्च कमाण्डर हुन् माओवादी केन्द्रका अध्यक्ष पुषपकमल दाहाल प्रचण्ड ।

प्रचण्डले भने शान्ति प्रक्रियामा आइसकेपछि परिवारमा दशैं मनाउने गरेका छन् । शान्ति प्रक्रियापछि बुवा मुक्तिराम दाहालसँग प्रचण्डले दशैं मनाएका थिए ।

उनका बुवाको निधन भइसकेको छ ।प्रचण्डले एकमात्र छोरा र एक छोरी पनि गुमाइसकेका छन् ।

शान्ति प्रक्रियापछि दशैं प्रवेश गरेको प्रचण्डको परिवारले यो वर्ष पनि दशैं मनाएको छ । प्रचण्डले छोरीहरू, बुहारी र नातिनातिनालाई टीका लगाइदिएका छन् तर उनले भने टीका ग्रहण गरेका छैनन् ।

प्रचण्ड पुत्री गंगा दाहालले दशैंको टीका लगाएपछिको संयुक्त फोटो सार्वजनिक गरेकी हुन् । उक्त फोटोमा प्रचण्ड पनि छन् तर उनको निधार खाली छ,प्रचण्डकी पत्नी सीता दाहाल भने फोटोमा छैनन् । उनी बिरामी  छिन।अनलाइन खबर बाट साभार 

प्रतिक्रिया दिनुहोस्