गुल्मी २ बाट गोकर्ण विष्टले दिए उम्मेदवारी

| २०७९ असोज २४ गते २०: ४४ मा प्रकाशित

गोकर्ण पाण्डे ,गुल्मी । मंसिर ४ मा हुने प्रतिनिधि सभाको निर्वाचनको लागि  नेकपा एमालेका नेता गोकर्ण विष्टले  गुल्मी क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिएका छन्।आयोगको कार्यतालिका अनुसार जिल्ला निर्वाचन कार्यालयमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा पार्टीका नेता कार्यकर्ता सहित पुगेर बिष्टले उम्मेदवारी दर्ता गराएका हुन्। ०५६, ०७०, ०७४ को निर्वाचनमा बिष्ट गुल्मी क्षेत्र नम्बर २ बटा निर्वाचित भएका थिए।

सोही क्षेत्रबाट गठबन्धनबाट नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले पनि उम्मेदवारी दिएकी छन्।उनि गुल्मीबाट पहिलो पटक प्रत्यक्ष चुनाव लड्न लागेकी हुन् ।

प्रतिक्रिया दिनुहोस्