गुल्मीको अर्बेनीमा पुनः मतदान, १२ बजेसम्म ६६३ मत खस्यो

| २०७९ मंसिर ६ गते १३: १० मा प्रकाशित

गुल्मी ।गुल्मी जिल्लाको जिल्लाको क्षेत्र नम्बर-१ अन्तर्गत कालीगण्डकी गाउँपालिका वडानम्बर-२ अर्बेनीमा रहेको भगवती माध्यमिक विद्यालयको (क) र (ख) केन्द्रमा पुनः मतदान भएको छ । दिउँसो सवा १२ बजेसम्म ६६३ मत खसेको मतदान अधिकृत नवराज भण्डारीले बताए ।

त्यस मतदान केन्द्रमा रहेका १ हजार ३६९ जना मतदाता रहेका छन् । मंसिर ४ गते भएको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा प्रतिनिधि सभाको प्रत्यक्ष तर्फको मतपत्र दिने ठाउँमा प्रदेश सभाको प्रत्यक्ष तर्फको मतपत्र परेपछि निर्वाचन प्रक्रिया स्थगित गरिएको थियो ।

स्थगित गरिएका भगवती माध्यमिक विद्यालयको (क) र (ख) केन्द्रमा बिहान ७ बजेबाट मतदान सुरु भएको मुख्य निर्वाचन अधिकृत बसन्तराज पौडेलले बताए । तर सबै मतदानले पुनः मतदान गर्ने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्