संसद भवनमा नपुगे पनि गुल्मेलीको सेवामा हुनेछु: ज्ञवाली

| २०७९ मंसिर १० गते २३: ५९ मा प्रकाशित

गुल्मी। नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले सुख दु:खमा गुल्मीका जनतासँगसँगै रहने बताएका छन् । नेपाली कांग्रेसका चन्द्रकान्त भण्डारीलाई बधाई दिँदै ज्ञवालीले दुःख सुखका हरेक पलमा गुल्मेली जनतासँग रहने बताएका हुन् ।

सामाजिक सञ्चालमा स्ट्याटस लेख्दै ज्ञवालीले भने, ‘वैधानिक रुपमा जनप्रतिनिधिको भूमिकामा नरहे पनि तपाईंको मनको प्रतिनिधिका रुपमा दुःख सुखका हरेक पलमा तपाईंहरुले मलाई आफ्नो साथमा पाउनु हुनेछ । मेरो सिङ्गो जिवन राष्ट्र र जनताको हित, जिल्लाको समग्र विकास र जिल्लावासीहरुको सेवामा समर्पित हुने छ । 

ओराली र उकाली यात्राका अभिन्न अङ्ग रहेको भन्दै ज्ञवालीले सफलता र विफलता जिन्दगीका अविभाज्य हिस्सा भएको बताए । ज्ञवालीले भने,‘म संसद भवनभित्र पुग्न नसके पनि मुलुक र आन्दोलनको उज्ज्वल भविष्यप्रतिमा कुनै सन्देह छैन ।’

प्रतिक्रिया दिनुहोस्