पत्रकार महिलाका लागि आयोजित प्रजनन स्वास्थ्य र नेतृत्व बिकास सम्बन्धि तीन दिने तालिम सम्पन्न

| २०७९ पौष १ गते २०: ४२ मा प्रकाशित

कमला घिमिरे। सञ्चारिका समूह नेपालको आयोजना र आईपासको सहयोगमा  पत्रकार महिलाहरुका लागि प्रजनन् स्वास्थ्य र नेतृत्व विकास सम्बन्धि तालिम बुटवलमा सम्पन्न भएको छ ।

तलिमको आज एक कार्यक्रमका बीच समापन गर्दै आन्तरिक मामिला, कानून तथा सञ्चार मन्त्रालयका सचिव कोमल प्रसाद धमलाले समाजमा लिङ्गको आधारमा विभेद हटाउन अवस्था र व्यवस्थाबीचको खाडल पुर्नुपर्ने बताउनुभयो । 

धमलाले देशको व्यवस्था उत्तम रहेपनि अवस्था उस्तै रहकाले परिवर्तनमा जोड दिनुपर्ने बताउनुभयो । वहाँले महिलाले नेतृत्व गरेको संस्थामा अनियमितता, विवाद नहुने अध्ययनले नै देखाएको बताउँदै उहाँले अब महिलाहरु नेतृत्वमा आउनुपर्ने धारणा राख्नुभयो । 

कार्यक्रममा सञ्चारिका समूह नेपालका अध्यक्ष बिमला तुम्खेवाले पत्रकार महिलाले लेखनसँगै नेतृत्व विकास गर्न आवश्यक रहेको बताउनुभयो । “अब पत्रकार महिला संवाददाता मात्र होइन सम्पादकीय भूमिकामा पनि आउनुपर्छ, त्यसका लागि हामीले क्षमता बढाउन र अवसर खोज्न आवश्यक छ”, उहाँले भन्नुभयो ।

सञ्चारिका समूहका महासचिव बसन्ती बास्तोलाले पत्रकार महिलाहरुलाई नेतृत्वदायी भूमिकामा पुर्याउन सस्थाले विभिन्न गतिविधि गर्दै आएको बताउनुभयो ।

सञ्चारिका समूह लुम्बिनीका अध्यक्ष अमृता अनमोलले प्रदेशले पनि पत्रकार महिलाको क्षमत विकासका लागि प्रदेश अन्तर्गतका निकायसँग समन्वय गरी काम गर्दै आएको जानकारी गराउनुभयोे । 

तिन दिनसम्म सञ्चालन भएको तालिममा पहिलो दिन नेपाल चेकका सम्पादक दीपक अधिकारीले सम्पादकीय क्षमता, सम्पादक र संवाददाताबीचको सम्बन्ध लगायतका विषयमा प्रशिक्षण दिनुभएको थियो । 

तालिमको दोस्रो दिन प्रेस काउन्सिलका प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले पत्रकारितामा महिला र नेतृत्व विकास र  न्युज एजेन्सी नेपालका अध्यक्ष कृष्णा पौड्यालले  नेतृत्व विकास, प्रजनन स्वास्थ्य लगायतका विषयमा प्रशिक्षण दिनुभएको थियो । 

त्यस्तै तेस्रो दिन अधिवक्ता डा. सर्मिला श्रेष्ठले यौन तथा प्रजनन स्वास्थ्य र कानुनी अधिकारका बारेमा प्रशिक्षण दिनुभएको थियो ।

पत्रकार महिलाहरुको क्षमता विकास गर्ने उद्देश्यले आयोजना गरिएको तालिममा लुम्बिनी प्रदेशका २५ जना पत्रकार महिलाको सहभागिता  थियो ।

प्रतिक्रिया दिनुहोस्