भारतमा भएको बस दुर्घटनामा तीन नेपालीको मृत्यु

| २०७९ पौष २५ गते १४: १५ मा प्रकाशित

काठमाडौं । नेपाली यात्रु चढेको बस आइतबार राति भारतको लखनउ नजिक दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता बेदप्रकाश जोशीका अनुसार मृत्यु हुनेमा टीकापुर नगरपालिका क्षेत्र र आसपासका ५५ वर्षीय चन्द्र साउद, ४५ वर्षीय ललीत साउद र २० वर्षीया निर्मला बोहरा छन् । ‘सीमापारी भारतीय प्रहरी कोतवालीले दिएको सूचनामा यी तीन जनाको मृत्यु भएको प्रारम्भिक खबर आएको छ, घटनाको थप विवरण आउन बाँकी छ,’ जोशीले भने ।

दुर्घटनामा अन्य नेपाली घाइते भएको हुनसक्ने उनले बताए छ । भारतको गुजरातबाट कैलालीको टीकापुरतर्फ आउँदै गरेको उक्त बस गएराति लखनउदेखि झण्डै ३० किलोमिटर नेपालतर्फको दुरीमा दुर्घटनामा परेको हो छ ।

यसैबीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दुर्घटनामा तीन जना नेपालीसहित चार जनाको मृत्यु भएको समाचारले स्तब्ध तुल्याएको बताएका छन् । दुर्घटनामा परी ज्यान गुमाउने यात्रुहरूप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै प्रधानमन्त्री प्रचण्डले समस्त परिवारजनमा गहिरो समवेदना प्रकट गरेको उनको सचिवालयले जनाएको छ ।

– राससको सहयोगमा

प्रतिक्रिया दिनुहोस्