खाना नपकाएको निहुँमा लात्ती हान्दा श्रीमतीको मृ'त्यु

| २०७९ पौष २७ गते १६: ०० मा प्रकाशित

बिर्तामोड। श्रीमान्को लात्ती प्रहारबाट झापाको अर्जुनधारा नगरपालिकामा एक महिलाको मृत्यु भएको छ । अर्जुनधारा–९ मा डेरागरी बस्ने ३६ वर्षीया प्रमिला भुजेल घिसिङको मृत्यु भएको हो । 

मंगलबार साँझ ६ बजे एकअर्काबीच झगडा हुँदा ३५ वर्षीय श्रीमान् विश्वराज घिसिङले प्रमिलालाई लात्ती हानेको प्रहरीले जनाएको छ । खाना नपकाएको विषयमा विवाद हुँदा विश्वराजले लात्तीले प्रमिलाको पेटमा प्रहार गरेका थिए ।

प्रमिलाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी बसन्त पाठकले जानकारी दिए । घिसिङ दम्पती भोजपुरको अरुण गाउँपालिका–१ स्थायी घर भई हाल झापा अर्जुनधारा नगरपालिका–९ खरबन्दीमा डेरामा बसोबास गर्दै आएका थिए । लात्ती प्रहार गर्ने विश्वराजलाई नियन्त्रणमा लिएको डीएसपी पाठकले बताए ।साभार कान्तिपुर डटकम बाट 

 

प्रतिक्रिया दिनुहोस्