नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेलद्वारा पत्रकार एनवि कंडेलको परिवारलाई १ लाख १० हजार आर्थिक सहयोग

| २०७९ माघ १५ गते २२: २३ मा प्रकाशित

नेपाल पत्रकार महासंघ रुपन्देहीले सवारी दुर्घटनामा पनि मृत्यू भएका सदस्य पत्रकार एनवि कंडेलको परिवारलाई एक लाख १० हजार रुपैयाँ सहयोग प्रदान गरेको छ ।

महासंघले बुटवलमा आयोजना गरेको कार्यक्रमका विच लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरी र नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेलले मृतक कंडेलको श्रीमती मञ्जु टण्डन कंडेललाई चेक हस्तान्तरण गरेका हुन् ।  बुटवल स्थित ग्लोबल अनलाइनका सम्पादक कंडेलको गत मंसिर २ गते सवारी दुर्घटनामा परि मृत्यू भएको थियो ।

महासंघ रुपन्देहीले सदस्यहरुका लागि शिखर इन्स्योरेन्स मार्फत गरेको  दुर्घटना विमा मार्फत कंडेललाई उक्त रकम सहयोग गरिएको हो ।

दुर्घटना विमा मार्फत कंडेललाई रकम सहयोग गरेको सचिव विनोद परियारले जानकारी दिए । यसैगरि सोही अवसरमा केहि समयअघि दुर्घटनामा परि घाईते भएका महासंघका सदस्य बसन्त बराललाई पनि उपचार सहयोग रकम प्रदान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्