अखिल (छैठौं)का केन्द्रीय सदस्य टेकराज भुसालले संगठनको साधारण सदस्य समेत नरहने गरि दिए राजिनामा

| २०७९ माघ २१ गते २३: १८ मा प्रकाशित

अर्घाखाँची।अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (छैठौं) का केन्द्रीय सदस्य टेकराज भुसालले राजिनामा दिएका छन्।

सामाजिक सञ्चालनमार्फत राजीनामा सार्वजनिक गर्दै भुसालले बाल्यकालदेखि संलग्न रहदै आएको तथा ११ महिनादेखि केन्द्रीय समिति सदस्य, १ बर्षभन्दा लामोसम्म लुम्बिनी प्रदेश समिति सदस्य र बिगत ७ वर्षदेखि अर्घाखाँची र रुपन्देही जिल्लाकाे जिल्ला समितिमा रहेर काम गर्दै आएको संगठनबाट राजिनामा दिएको उल्लेख गरेका छन्।

राजीनामा सार्वजनिक 

गत मंसिर ४ गते सम्पन्न प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा अर्घाखाँची निर्वाचन क्षेत्र १ (क) बाम-लाेकतान्त्रीक गठबन्धनका साझा उम्मेदवार सागर केसीकाे सचिवका रुपमा निर्वाचनमा खटिएका भुसाल बैशाख ३१ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा अर्घाखाँचीकाे भूमिकास्थान नगरपालिकामा बाम-लाेकतान्त्रीक गठबन्धनका उम्मेदवारलाई जिताउनमा निकै महत्त्वपूर्ण भूमिका खेलेका थिए।

प्रतिक्रिया दिनुहोस्