ट्राफिक प्रहरीले आतंक मच्चाएको भन्दै गुल्मीका यातायात व्यावसायीले बुझाए ज्ञापन पत्र

| २०७९ माघ २६ गते १८: ०० मा प्रकाशित

गुल्मी । गुल्मीका यातायात व्यावसायीले प्रदुषण जाँच तथा जरिवानाको त्रास रहेको र ट्राफिक प्रहरीले आतंक मच्चाएको आरोप भन्दै उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार यातायात मन्त्री नारायणकाजी श्रेष्ठलाई ज्ञापन पत्र पठाएका छन् ।

गुल्मी, रेसुङ्गा र रुरु रेसुङ्गा यातायात प्रालिका पदाधिकारीहरुले गुल्मी जिल्लाका प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकमार्फत यातायात मन्त्रीलाई ज्ञापनपत्र पठाएका हुन् ।

व्यवसायीहरुले बुझाएको ज्ञापन–पत्रमा प्रदुषण जाँच तथा जरिवानाको त्रास र ट्राफिक प्रहरीले आतंक नियन्त्रण हुनु पर्ने माग गरिएको छ । यस्तै ऐन कानुनको कार्यान्वयन, पिक एण्ड ड्रपको व्यवस्था, पूर्वाधार विकास तथा पार्किङ सुविधा, ऐन र नियावलीको संशोधन, यातायात क्षेत्रको सुधार र पुनजार्गरण गर्न राष्ट्रिय यातायात प्राधिकरण निर्माणको माग गरिएको छ ।

चीन भारत नाकाको समस्या, सिमापारीको सुरक्षा र सुरक्षित भविष्यको सुनिश्चताको लागि योगदानमा आधारित सामाजिक सुरक्षा, सडक सुशासनको लागि रोड सेफ्टी काउन्सिल निर्माण तथा यातायात र व्यावसायीका दिर्घकालिन समस्या समधान गर्न आयोग गठन लगायतका माग गरिएको छ ।


ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी पाठकले राष्ट्रिय समस्या समाधानको लागि तत्काल ज्ञापन पत्रलाई मन्त्रालयमा पठाउने र जिल्लाका समस्या व्यावसायीसँग बसेर छलफल गर्ने प्रतिवद्धता व्यक्त गरे ।

नेपाल यातायात स्वतन्त्र मजदुर संगठन गुल्मीका इञ्चार्ज हिमाल कुवँर, लुम्बिनी प्रदेश सदस्य कृष्ण मरासिनी, रेसुङ्गा यातायातका कार्यालय प्रमुख सुरेश भुजेल, रुरु रेसुङ्गा यातायातका राजु श्रेष्ठ र गुल्मी यातायातका कार्यकारी सदस्य प्रकाश भट्टराई लगायतको टोली जिल्ला प्रशासन कार्यालय पुगेका थिए ।अनलाइन खबर बाट साभार 

प्रतिक्रिया दिनुहोस्