प्युठानमा कार दुर्घटना हुँदा ५ जना घाइते चार जनलाइ बुटवल रिफर

| २०७९ फागुन २ गते २०: ०१ मा प्रकाशित

प्युठानको प्युठान नगरपालिका-१० हाडीगैरामा मंगलवार कार दुर्घटना हुँदा ५ जना घाइते भएका छन् ।

बाग्दुला मच्छी सडकखण्डमा एकैघरका परिवार सवार रहेको  बा.०१०२७ च  ७८१६ नम्बरकाे कार दुर्घटना हुंदा चालकसहित ५ जना घाईते भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घाइते हुनेमा चालक बालाराम गिरिसहित उनका बुबा नन्दुलाल गिरि, आमा हिमा गिरि, ८० वर्षिय रबिलाल गिरि र ६९ वर्षिया हुमा गिरि छन ।

चालक वाहेक सबैको अवस्था गम्भीर रहेको छ ।गंभीर अवस्थाका चार जना घाइतेलाई उद्धार गरी उपचारका लागि बुट्वल पठाइएकाे छ । झिमरुक गाउपालिका 

स्थायी घर रहेका उनिहरु प्युठान नगरपालिका दसमा  बस्दै आएको बुझिएको छ।कार सडकदेखि झण्डै ६० मिटर तल खसेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्