नयाँ चम्किला प्रतिभा खोजीका लागि "मञ्जरी डिजिटल रेकर्डिङ" सञ्चालनमा, नयाँ प्रतिभा लाई ५० प्रतिशत छुट

| २०७९ फागुन ७ गते १७: ३९ मा प्रकाशित

काठमाडौं ।नयाँ बानेश्वर स्थित विजुली बाजारमा अत्याधुनिक प्रविधीका साथ नयाँ प्रतिभा लाई लक्ष्यित गरि मञ्जरी डिजिटल रेकर्डिङ स्टुडियो सञ्चालनमा ल्याइएको छ। 

मोतिराज खनाल , चुमान काउछा मगर , मिना न्यौपाने , रवमान बस्नेत , तेजबहादुर सिन्धुली ,भुमी थापा मगर सहितको समुहले नयाँ जोस र नयाँ प्रविधिका साथ नयाँ प्रतिभाको लागि एक महिना ५० प्रतिशत छुट गर्ने भएको हो ।

कार्यक्रममा राष्ट्रीय जन सांस्कृतिक महासंघका केन्द्रीय अध्यक्ष प्रेमनाथ अधिकारीको साथै विभिन्न कलाकार , गायक, सर्जक, संगितकार , राजनीतिज्ञ एवं सञ्चरकर्मीको उपस्थिती थियो । प्रमुख अतिथीको आथित्यता गरेका प्रेमनाथ अधिकारीले स्टुडियो सञ्चालकहरुलाई, दर्जनौँ रेकर्डिङ स्टुडियो विचमा मञ्जरीले प्रतिस्पर्धा गर्दै सांगितीक क्षेत्रमा नयाँ आयाम ल्याउनुपर्ने धारणा समेत राखेका थिए।

अधिकारीले स्टुडियोको उद्घाटन गर्दै पुरानो एउटा गीत समेत गाएर सबैलाई मनोरञ्जन समेत दिलाएका थिए।

सञ्चालक मोतीराज खनालले सबैको सहयोग र सदभावको खाचो सदैव रहने र मञ्जरी डिजिटल रेकर्डिङ स्टुडियो संगितीक क्षेत्रमा छुट्टै मञ्जरी निर्माण गर्ने प्रतिवद्धता समेत जनाएका थिए ।
कला सस्कृती जगेर्ना गर्ने महान काम गरेको भन्दै बधाई पनि दिएका थिए । राणा कालमा नेपालमा गीत रेकर्डिङ गर्ने स्टुडियो थिएनन भारतमा गयर गीत रेकर्डिङ गर्नुपर्थ्यो तर अहिले धेरै सहज भएको छ ।  हामी नयाँ लुकेका तथा आर्थिक अभावले समस्या भएका नयाँ प्रतिभा लाई पल्याटफर्म दिएका हौ। नयाँ चम्किला प्रतिभा खोजीका लागि "मञ्जरी डिजिटल रेकर्डिङ" ले नयाँ प्रतिभा लाई  ५० प्रतिशत छुट दिने  सञ्चालक खनालले बताए । 

गायक, सर्जक तथा संगितकर्मीहरुको सदैव मायाको खाचो रहेको समेत बताएका थिए। कार्यक्रमको अध्यक्षता गरेका खनालले समापन गर्दै आगन्तुक अथितीलाई धन्यवाद समेत व्यक्त गरेका थिए। कार्यक्रम को सञ्चालन भने ऋषि भुसालले गरेका हुन।

प्रतिक्रिया दिनुहोस्