विदेशमा भएका नेपालीलाई मतदानमा सहभागी हुन पाउने व्यवस्था गर्ने प्रयासमा छौं : प्रचण्ड

| २०८० बैशाख १ गते २१: ५२ मा प्रकाशित

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विदेशमा भएका नेपालीलाई मतदानमा सहभागी गराउने विषयमा प्रयास भइरहेको बताएका छन् । पार्टीको प्रवास समन्वय समितिको भर्चुअल बैठकलाई शुक्रबार सम्बोधन गर्दै प्रचण्डले सबै नेपालीलाई मतदानमा सहभागी हुने व्यवस्था गर्न छलफल भइरहेको बताए । 

‘पार्टी र मोर्चाभित्र अर्को चुनावसम्म जाँदा सबै नेपालीले मतदानमा भाग लिन पाउने वातावरण बनाउन केन्द्रीत भएको छौं । मलाई विश्वास छ । हामी सफल हुनेछौ’ प्रधानमन्त्री प्रचण्डको भनाई उदृढ गर्दै एक नेताले भने, ‘देश र विदेशमा भएका नेपालीले मतदान गर्न पाएमा साँच्चो अर्थमा लोकतन्त्रको अभ्यास गर्न पाउने छन् ।’ विदेशी नेपालीको नागरिकता बनाउने सवालमा सबैभन्दा बढी बहस र संघर्ष आफूहरुले गरेको प्रचण्डले बताए ।   

विदेशमा भएका नेपालीका समस्या समाधान गर्न लामो समयदेखि लागि रहेको प्रचण्डले बताए ।  ‘प्रवासमा रहेका सबै नेपाली दिदीबहिनी दाजुभाईहरुलाई मैले उहाँहरुले भोगेका समस्याहरु सुरु भएदेखि नै केन्द्रीत भएर लागिरहेको छु । चाहे पासपोर्ट बनाउने प्रक्रियाको कुरा होस् । चाहे लाइसेन्सको कुरा होस् रेमिटेन्सलाई सदुपयोग गर्ने होस् वा त्यसलाई सहि काममा सदुपयोग गर्ने सवालमा होस मैले महत्वपूर्ण भूमिका खेलिरहेको छु’ प्रचण्डले भने, ‘विदेशमा रहेका नेपालीलाई समाजिक सुरक्षा कोषमा समेटेर जीवन र भविष्य सुरक्षित गर्ने काम भएका छन् । अरु वीमाका सवालमा समेत महत्वपूर्ण काम भएका छन् ।’source- ratopati 

प्रतिक्रिया दिनुहोस्