भेरी नदीको बेलिब्रिज भाँचियो : १ जनाको मृत्यु‚ ८ घाइते

| २०८० बैशाख ७ गते १४: ५५ मा प्रकाशित

जाजरकोट र रुकुम पश्चिमको बीचमा पर्ने भेरी नदीमा बेलिब्रिज भाँचिदा १ जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् ।

उक्त बेलिब्रिजले भेरी करिडोर अन्तर्गत जाजरकोट नलगाड नगरपालिका–१२ तल्लुबजार र रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाको गोतामकोट जोड्दछ ।

घटनामा परेका अधिकांश त्यहाँ कार्यरत मजदुरहरू रहेको बुझिएको छ । रुकुम पश्चिम प्रहरीका अनुसार घाइते मजदुरहरू हुन् । त्यसमा केहीको अवस्था चिन्ताजनक रहेको छ ।

उक्त समयमा पुलमा हिँडिरहेका तीन जना भेरी नदीमा खसेर बेपत्ता भएका छन् भने अन्य ८ जना घाइते भएको प्रहरीले जनाएको छ।

सख्त घाइते भएका ३ जनालाई हेलिकोप्टरमार्फत उपचारका लागि ल्याउने तयारी भएको रुकुम पश्चिमका प्रहरी प्रमुख नवराज भट्टराईले बताए । घाइतेहरूको उपचार स्थानीय स्वास्थ्य संस्थामा भइरहेको छ । त्यस्तै बेपत्ताहरूको पनि खोजीकार्य जारी रहेको बताइएको छ ।

घाइतेहरूको पहिचान खुल्न सकिरहेको छैन । घाइते बोल्न सक्ने अवस्थामा नरहेको र केही भारतीय कामदारहरू समेत रहेको भट्टराईको भनाइ छ ।

 

प्रतिक्रिया दिनुहोस्