अर्घाखाँचीकी निरा हत्या प्रकरण : आरोपी सार्वजनिक (प्रेस बिज्ञप्ति सहित )

| २०८० बैशाख १७ गते १६: ०४ मा प्रकाशित

काठमाडौं, १७ बैशाख । नेपाल प्रहरीले काठमाडौंको कपन सरस्वतीनगरकी व्यवसायी निरा आचार्यको हत्या आरोपमा एक जनालाई सार्वजनिक गरेको छ।

केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले आइतबार पत्रकार सम्मेलन गर्दै एक जना आरोपीलाई सार्वजनिक गरेको हो।

आचार्यको वैशाख ७ गते दिउँसो पौने ३ बजेतिर उनकै पसलमा हत्या भएको थियो।

साढे ३ बजेतिर शव फेला परेपछि प्रहरी घटनास्थलमा पुगेको थियो। आचार्यमाथि कम्तिमा पनि १८ पटक धारिलो हतियार प्रहार भएको प्रहरीको प्रारम्भिक अनुसन्धान थियो।

उक्त घटनाका आरोपित विनोद विकलाई प्रहरीले झापाबाट पक्राउ गरेको हो।रासस 

प्रेस बिज्ञप्ति 

 

प्रतिक्रिया दिनुहोस्