पूर्वमन्त्री टोपबहादुरका छोरा सन्दीपलाई ३ दिन हिरासतमा राख्न अनुमति

| २०८० बैशाख २१ गते १४: १९ मा प्रकाशित

पूर्वमन्त्री टोपबहादुर रायमाझीका छोरा सन्दीपलाई अदालतले हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । 

नेपाली युवालाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजान गिरोहका सदस्यका आरोपमा बिहीवार बुटवलबाट पक्राउ परेका सन्दीपलाई जिल्ला अदालत काठमाडौँले ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।  

पक्राउ परेपछि हवाई जहाजबाट काठमाडौँ ल्याइएसँगै प्रहरीले उनलाई म्याद लिनका लागि अदालतमा उपस्थित गराएको थियो । प्रहरीले पूर्वमन्त्री रायमाझीविरुद्ध पनि पक्राउ पुर्जी जारी गरेको छ । उनी अहिले फरार छन् ।

नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजान खोजेको आरोपमा धमाधम भिआइपीहरु पक्राउ परिरहेका छन् । बुधवार सचिव टेकनारायण पाण्डेलाई पक्राउ गरिएको थियो, उनलाई ३ दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालतले अनुमति दिइसकेको छ । 

प्रहरीले पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’को सुरक्षा सल्लाहकार इन्द्रजित राईलाई मंगलवार नै पक्राउ गरेको छ । त्यसअघि प्रहरीले घटनामा संलग्न केशव दुलाल, सानु भण्डारी, सागर थुलुङ राई, टंक गुरुङ, अशोक पोखरेल र सन्देश शर्मा पोखरेल पक्राउ गरेका थियो । 

प्रतिक्रिया दिनुहोस्