टोपबहादुर रायमाझीको बचाउ गर्दै ओलीले भने, 'हतकडी लगाउनुपर्ने खालको मान्छे होइन'

| २०८० बैशाख २१ गते १६: ४३ मा प्रकाशित

एमाले अध्यक्ष केपी शर्मा नक्कली भुटानी प्रकरणमा पक्राउ पुर्जी जारी भएका आफ्ना सचिव टोपबहादुर रायमाझीको बचाउ गरेका छन्। 

बिहीबार दिउँसो प्रधानमन्त्री पुष्पकमल दाहालसँगको भेटपछि ओलीले रायमाझी बाटोमा हिँड्दाहिँड्दै समाउनुपर्ने खालको व्यक्ति नभएको र षड्यन्त्रपूर्वक पक्राउ गर्न खोजिएको बताए। आफूले यसबारे प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराएको उनले बताएका छन्। 

‘एउटा सांसद, पटक पटक मन्त्री भइसकेको, उपप्रधानमन्त्री भइसकेको व्यक्ति, षड्यन्त्रपूर्वक ढंगले बाटोमा हिँड्दाहिँड्दै समाउनुपर्ने खालको रहस्यपूर्ण छ’, प्रचण्डसँगको भेटपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै ओलीले भने, ‘अहिलेको सिटिङ एमपी कहीँ भागेर जाने होइन ।’

ओलीले आफूले रायमाझीसँग पनि कुरा गरेको र पक्राउ पुर्जीबारे सोधेको बताए। त्यस क्रममा रायमाझीले वास्तविक कुराबारे प्रस्ट पार्दिन आग्रह गरेका ओलीले बताए। 

हिजो (बुधबार) रायमाझीविरुद्ध प्रकाउ पुर्जी जारी भएको थियो। यस प्रकरणमा उनका छोरा सन्दीपलाई भने प्रहरीले नियन्त्रणमा लिइसकेको छ भने रायमाझी अझै फरार रहेका छन्। रासस 

प्रतिक्रिया दिनुहोस्