हेलिकप्टर दुर्घटना अपडेट : १ जनाको मृ'त्यु, चार जना घाइतेलाई काठमाडौं ल्याइयो

| २०८० बैशाख २२ गते १६: ४९ मा प्रकाशित

दुर्घटनामा भविन गुरुङको मृत्यु भएको वडाध्यक्ष विकास तामाङले बताए। गुरुङ स्थानीय बासिन्दा हुन्।

दुर्घटनामा पाइलट सुरेन्द्र पौडेल, को-पाइलट छिरिङ भोटे, सहयोगी मनोज थापा र नेपाल विद्युत् प्राधिकरणका कर्मचारी विक्रम शंकर गम्भीर घाइते भएका छन्। उनीहरूलाई सेनाको हेलिकोप्टरबाट उपचारका लागि काठमाडौं पठाइएको वडाध्यक्ष तामाङले बताए।

अरुण तेस्रो जलविद्युत् आयोजनाको सामान ढुवानी क्रममा शुक्रबार दिउँसो १ः१० बजे भोटखोला गाउँपालिका-४ हटियाको सिक्प्रुङस्थित हम्मरेडाँडामा हेलिकोप्टर दुर्घटनामा भएको थियो।

हेलिकोप्टर रूखमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय, संखुवासभाका प्रहरी नायब उपरीक्षक वीरेन्द्र गोदारले बताए।रासस

प्रतिक्रिया दिनुहोस्