रायमाझी आइतबार मात्रै प्रहरीको सम्पर्कमा आउने, सिधै अदालतमा हाजिर हुने तयारी

| २०८० बैशाख २२ गते १७: ३३ मा प्रकाशित

बैशाख । नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै ठगी गरेको प्रकरणमा मुछिएका एमाले सचिव टोपबहादुर रायमाझी काठमाडौं आईपुगेका छन् ।

उनी हिजै काठमाडौं आईपुगेको उच्च स्रोतको दाबी छ । तर, उनी आज र भोलि सार्वजनिक विदा भएको कारण काठमाडौंमा आई लुकेर बसेका छन् । यसअघि उनले हिजो आफू काठमाडौं आउँदै गरेको जानकारी गराएका थिए ।

तर, भैरहवाबाट उनी एकाएक गायब भएको समाचार आएका थिए । उनले काठमाडौं आउनुपुर्व प्रहरी प्रमुख वसन्त कुँवरसँग सम्पर्क गरेको बताईएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि रायमाझीलाई पक्राउ पुर्जी जारी गरिएकोबारे हिजो प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर चासो राखेका थिए । यो प्रकरणमा रायमाझीका छोरा सन्दीप पक्राउ परिसकेका छन् । 

प्रहरीले हिजो नै सन्दीपविरुद्ध तीन दिनको समय अदालतबाट लिएर अनुसन्धान थालेको छ।

श्रोत - रिपोर्टर्स नेपाल डट्कम 

प्रतिक्रिया दिनुहोस्