टोपबहादुर रायमाझीलाई एमालेले गर्‍यो निलम्बन (प्रेस विज्ञप्ति सहित)

| २०८० बैशाख २७ गते १३: ५८ मा प्रकाशित

 काठमाडौं । नेकपा एमालेले सचिव टोपबहादुर रायमाझीलाई निलम्बन गरेको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएपछि एमालेले रायमाझीलाई निलम्बन गरेको हो ।

राज्यले गर्ने अनुसन्धानमा सहयोग पुगोस् भनेर अनुसन्धान र कानुनी कारबाही प्रक्रिया अन्तिम टुंगो नलागेसम्म रायमाझीलाई निलम्बन गरिएको एमाले महासचिव शंकर पोखरेलले विज्ञप्तिमार्फत् जानकारी दिएका छन् ।

रायमाझीविरुद्ध प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ । उनी फरार छन् । उनका छोरा सन्दीपलाई भने प्रहरीले पक्राउ गरिसकेको छ ।रासस 

विज्ञप्ति

 

प्रतिक्रिया दिनुहोस्