विरामी विदा माग्दै संसद सचिवालयमा टोपबहादुरको निवेदन

| २०८० बैशाख २७ गते १६: ०३ मा प्रकाशित

काठमाडौं । प्रहरीको फरार सूचीमा रहेका टोपबहादुर रायमाझीले संसद सचिवालयमा आफू विरामी भएको निवेदन पठाएका छन् ।

संसद सचिवालयका अनुसार, विरामी विदा स्वीकृति गरिदिन भनेर रायमाझीले निवेदन पठाएका छन् ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको आशंकामा प्रहरीले रायमाझीलाई गत बुधबार पक्राउ पूर्जी जारी गरेको छ । तर रायमाझी एक सातादेखि फरार छन् ।

एमाले सचिव रायमाझीलाई एमालेले आजै पदबाट निलम्बन गरेको छ ।रासस 

प्रतिक्रिया दिनुहोस्