विदेशमा रहेका नेपालीले चुनावमा भोट हाल्न पाउने

| २०८० जेठ ५ गते १८: ०४ मा प्रकाशित

सरकारले विदेशमा रहेका नेपालीलाई निर्वाचनमा मतदान गर्न दिने व्यवस्था गर्ने घोषणा गरेको छ।

राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक वर्ष २०८०/८१ लागि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै आवधिक निर्वाचनमा मतदान गर्न दिने व्यवस्था मिलाउने बताएका छन्।

वैदेशिक रोजगारीमा गएका तथा विदेशमा बसोबास नेपालीलाई मतदानको व्यवस्था गरिने कुरा यसअघिदेखि नै चर्चामा भए पनि कार्यान्वयन भएको छैन।

प्रतिक्रिया दिनुहोस्