अखिल(क्रान्तिकारी)ले हाता पार्याे देबिलाल स्मृति कप खुल्ला क्रिकेट प्रतियोगिता

| २०८० जेठ ६ गते १५: १६ मा प्रकाशित

बुटवल । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) बुटवल बहुमुखी क्याम्पसद्वारा आयोजित सहिद देबिलाल पौडेल स्मृति कप खुल्ला क्रिकेट प्रतियोगिताको उपाधि अखिल (क्रान्तिकारी) बुटवल बहुमुखी क्याम्पसको ग्रुप (बि) ले हात पारेको छ ।

जेष्ठ १ गतेबाट सुरु भएको क्रिकेट प्रतियोगितामा १९ समुह प्रतिस्पर्धामा उत्रिएका थिए ।

सुशील नेपालीको कप्तानीमा रहेको बिएमसी च्यालेन्जर्सले १२ ओभर खेल्दै ४६ रनको टार्गेट दिएकोमा अखिल (क्रान्तिकारी) ले एक विकेट गुमाएर सहज जित हासिल गरेको छ ।

जितमा सौरभ चापागाईंले १७, नारायण के.सी र कुशल सरुले समान ९/९  रनको योगदान गरे ।

अखिल ( क्रान्तिकारी ) को टिमको कोचको रुपमा शिव बहादुर खवास र टिम व्यवस्थापन गगन रेस्मी गरेका थिए।

प्रतिक्रिया दिनुहोस्