नेपालीलाई भुटानी शरणार्थी बनाई अमेरिका पठाउने कार्य ठीक होइनः बालकृष्ण खाँण

| २०८० जेठ १० गते १८: ०८ मा प्रकाशित

काठमाडौं, १० जेठ । पूर्वगृहमन्त्री बालकृष्ण खाँणले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्नता नरहेको वयान दिएका छन् । उक्त प्रकरणमा प्रहरी हिरासतमा रहेका खाँणले अधिकारप्राप्त अधिकारीसँगको वयानमा उनले आफ्नो संलग्नता नरहेको बताएका हुन् ।

‘भुटानी शरणार्थीको नाममा नेपालीहरूलाई मिसाई भुटानी शरणार्थी बनाई तेश्रो देश पठाई दिन्छौ भनी रकम लिएको भन्ने आरोपमा मेरो संलग्नता छैन,’– उनको वयान पत्रमा भनिएको छ ।

मोबाईल रिसेटबारे आफूलाई केही पनि थाहा नभएको उनले वयानका क्रममा भनेका छन् । गृहमन्त्री हुँदा र नहुँदा पनि आफूले नेपालको छवि उच्च राख्ने गरी काम गरेको उनको जिकिर छ ।

‘मोवाईल नं. मेरो हो, फ्याक्ट्री रिसेट कसरी भयो मलाई थाहा भएन । म गृहमन्त्रीको ओहोदामा हुँदा तथा मन्त्रीको ओहोदामा नहुँदा समेत नेपालको छवी उच्च राख्ने काम गरेको छु ।’ उनको वयान पत्रमा भनिएको छ, ‘गैह्र भुटानी शरणार्थीलाई भुटानी शरणार्थी बनाई अमेरिका पठाउने कार्य ठीक होइन, मैले सो कार्य सोच्न पनि सक्दिन ।’रासस 

प्रतिक्रिया दिनुहोस्