जाेस, जागर र ईच्छालाई शारीरिक अपांगताले राेक्दैन : राज्यमन्त्री सिर्पाली

| २०८० जेठ १० गते १८: १३ मा प्रकाशित

१० जेष्ठ २०८०,काठमाडौ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री माननीय शुसिला सिर्पाली ठकुरीले मानव जगतमा तिव्र जाेस, जागर र ईच्छा भएमा शारीरिक अपांगताले नराेक्ने कुरा पूर्व ब्रिटिस गाेर्खा सैनिक राेल्पाका हरि वहादुर बुढा मगर ले पुष्टि गर्नु भएकाे बताउनु भएकाे छ । 

बुधबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री शुसिला सिर्पाली ठकुरीले शारीरिक रुपमा अपांग भई दुबै कृतिम खुट्टा लगाएर पनि २०८० जेष्ठ ५ गते सफलतापुर्बक सगरमाथा आराेहण गरि विश्व कृतिमान कायम गर्ने राेल्पाका पूर्व ब्रिटिस गाेर्खा सैनिक हरि वहादुर बुढा मगर र उनकाे टिमलाई लाई आफ्नै कार्यकक्षमा सम्मान गर्दै उहाले शारीरिक अपांग हुनु असफलता भएकाे महशुस गर्नु हैन भन्नू भएकाे थियाे । 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री माननीय शुसिला सिर्पाली ठकुरी

राज्यमन्त्री सिर्पाली ले उहाँलाई सम्मान गरि थप हाैसला प्रदान गर्नु भएकाे र याे सम्मानले आगामी दिनहरुमा अन्य अपांगता भएकाे व्यक्तिहरुलाई पनि उत्साह हुने भन्दै हरि वहादुर बुढा मगर ले खुसि व्यक्त गरेका थिय। 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री माननीय शुसिला सिर्पाली ठकुरीद्वारा सम्मान 

हरि वहादुर बुढा मगर तत्कालीन ब्रिटिस गाेर्खा सैनिक अफगानिस्तानमा कार्यरत रहेकाे समयमा अफगानिस्तान र तालेवानकाे युद्धको क्रममा आक्रमणमा परि दुबै खुट्टा गुमाएका थिए ।

प्रतिक्रिया दिनुहोस्