ललितपुरमा अन्यदल त्यागेर ३ सयजना नेकपा माओवादी केन्द्रमा प्रवेश

| २०८० भदौ ८ गते १७: ४१ मा प्रकाशित

ललितपुर । ललितपुरमा विभिन्न पार्टी परित्याग गरि करिब ३०० जना नेता तथा कार्यकर्ता नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

आज ललितपुरको महालक्ष्मीस्थानस्थित एक पार्टी प्यालेसमा आयोजित कार्यक्रममा गृहमन्त्रीसमेत रहेका केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पार्टी प्रवेश गराएका हुन् ।

ललितपुर जिल्ला संयोजक शिव कट्टेलको अध्यक्षतामा आयोजित कार्यक्रममा पार्टी प्रवेश गराइएको हो । विप्लव नेतृत्वको नेकपामा रहेका श्याम बज्राचार्यको नेतृत्वमा रोशन महर्जन, संसारलाल वैद्य, शुकबहादुर देउला, नविन महर्जनलगायतका करिब ३०० जनाले पार्टी प्रवेश गरेका हुन् ।

पार्टी प्रवेश गर्नेमा विप्लव नेतृत्वको नेकपाबाहेक अन्य दलका नेता तथा कार्यकर्ता पछि रहेका छन् ।स्रोत - खबर डबली 

प्रतिक्रिया दिनुहोस्