गाईगोरुको हत्या गरी भोज गर्नेलाई कारबाही गर : मधेसी आयोग

| २०८० भदौ १० गते १६: १३ मा प्रकाशित

काठमाडौं । गाईगोरुको हत्या गरी सार्वजनिक भोजको आयोजना गर्नेलाई तत्काल कानुनी दायरामा ल्याउन मधेसी आयोगले आग्रह गरेको छ । आइतबार विज्ञप्ति जारी गर्दै आयोगले सरकारसहित सम्बन्धित सबै पक्षको ध्यानाकर्षण गराएको हो ।

सुनसरीको धरानमा गाईगोरुको हत्या गरी सार्वजनिक रूपमा भोज आयोजना गर्ने क्रियाकलाप संविधानविपरीत रहेको आयोगको ठहर छ । सो कार्यमा संलग्नलाई कारबाही गरी सामाजिक–धार्मिक सद्भाव कायम राख्न आयोगले ध्यानाकर्षण गराएको छ ।

 मधेसी आयोग

 

संविधानमा गाईलाई राष्ट्रिय जनावर उल्लेख गरिएकाले सबै जातजाति र धर्मका मानिसले त्यसको सम्मान गर्नुपर्नेमा आयोगले जोड दिएको छ । राष्ट्रिय जनावरको हत्या गर्नु संविधानमाथि नै प्रहार गर्नुसरह भएको आयोगको भनाइ छ ।श्रोत - बाह्रखरी 

प्रतिक्रिया दिनुहोस्