भारतले अझै बोलाएन मुर्रा राँगा लिन

| २०८० भदौ २५ गते २०: ०९ मा प्रकाशित

काठमाडौं ।भारतले उपहारमा दिने भनिएको १५ वटा मुर्रा राँगा ल्याउन अझै समय लाग्ने भएको छ। गत साउनमा नै ल्याउने भनिए पनि अहिलेसम्म भारतले लिन नबोलाएको पशु सेवा विभागले जनाएको छ।

मुर्रा राँगा ल्याउने टोली भने लिन भारतले कहिले बोलाउला भनेर खुट्टा उचालेर बसेको छ।

विभागकी पूर्वमहानिर्देशक सम्झनाकुमारी काफ्लेसहित ४ जनाको टोली तम्तयार अवस्थामा रहेको विभागका सूचना अधिकारी चन्द्र ढकालले जानकारी दिए। तर भारतले लिन नबोलाउँदा रोकिएको उनको भनाइ छ।

नेपाल ल्याएपछि राँगालाई पशु सेवा विभागमातहतका राष्ट्रिय पशु प्रजनन कार्यालय पोखरा, नेपालगञ्ज र लहानमा व्यवस्थापन गरी वीर्य उत्पादन गरिने विभागले जनाएको छ।

उन्नत नश्लका मुर्रा राँगाबाट वीर्य सङ्कलन गरी देशभरिका किसानका गोठमा पुर्‍याइ भैँसीमा कृत्रिम गर्भाधान गराएर नश्ल सुधार गरिनेछ।श्रोत -थाहा खबर 

प्रतिक्रिया दिनुहोस्