मालारानीले ल्यायाे ६१ कराेड १४ लाख ९५ हजारकाे बजेट

| २०८१ असार १० गते २०: ३६ मा प्रकाशित

पूजा केसि,मालारानी। मालारानी गाउँपालिकाकाको आ.ब २०८१।०८२ को लागी ६१ करोड १४ लाख ९५ हजारको बजेट प्रस्तुत भएको छ । पालिका उपाध्यक्ष दिपा पोख्रेलले आगामि आर्थिक बर्षको बजेट सभामा पेश गर्नु भएको हो । चालु तर्फ ४३ करोड ७९ लाख ९३ हजार र पूँजीगत तर्फ १७ करोड ३५ लाख २ हजार बिनियोजन गरिएको छ ।

सामुदायीक बिद्यालयका छात्राहरुलाई सेन्टरी प्याड खरिदको लागी १७ लाख ७३ हजार बजेट बनियोजन गरिएको छ ।समुदायमा स्वच्छ खानेपानी पुराउने उद्धेश्ले सञ्चालन भएको ईच परियोजनालाई निरन्तरता दिएको छ । भने पालिका भित्र सञ्चालन भएका लिफ्ट खानेपानी आयोजनाको ८० प्रतिशत बिद्युत महशुल पालिकाले भुक्तानी गर्ने गरि अनुदानको लागी बजेट बिनीयोजन गरेको छ । … जिल्ला काे मालारानी गाउँपालिकाले ल्यायाे ६१ कराेड १४ लाख ९५ हजारकाे बजेट प्रस्तुत  बजेटमा पालिकाको आर्थिक बिकासमा बजेटको ९.२ प्रतिशत ,सामाजिक क्षेत्रमा २२.८ प्रतिशत , पूर्बाधार बिकाशमा ३३.९ प्रतिशत ,बन, वातावरण तथा बिपद व्यबस्थापमा २.७ प्रतिशत , सार्बजनिक सेबा प्रबाहमा ३१.३ प्रतिशत खर्च हुने गरि बजेट बिनियोजन गरिएको छ । पालिकाले कृषिलाई प्राथामिकतामा राखेर बजेट ल्याएको छ । पालिका स्तरीय भेटनरीमा डाक्टर नियुक्तीको लागी बजेट बिनियोजन गरेको छ । भेटनरी प्रयोगशालालाई सबलिकरण गर्ने , आलु पकेट कार्यक्रमलाई निरन्ता , सुन्ताला बगैचा व्यबस्थापन , मालारानी कृषि तथा पशु उद्यमशिलता परियोजना बहुबर्षीय योजनाकोलागी १ करोड १२ लाख बिनियोजन गरेको छ ।

व्यबसायीक रुपमा कृषि गर्ने किसानहरुलाई मेसिनरी औजार , कुटानी पिसानी मिलको लागी बजेट बिनियोजन गरेको छ ।उन्नत जातको बिऊ बितरणको लागी ८ लाख रुपैया बजेट बिनियोजन गरेको छ ।,गाउँपालिकाको सिफारिसमा बित्तिय संस्थाबाट रिण लिने उद्यमिहरुलाई व्याजम ५० प्रतिशत अनुदान दिने गरि बजेट प्रस्तुत भएको छ भने पालिकाले दिर्घ रोग सुगर , प्रेसर र छारे रोगका बिरामिहरुलाई निशुल्क औषधि वितरणको कार्यक्रमलाई निरन्तरता दिदै २५ लाख बजेट बिनियोजन भएको छ । पालिकाले एमबिबिएस , भेटेनरी ,फरेष्ट्री , ईन्जीनियर अध्ययानको लागी छात्रबृत्ति दिने कार्यक्रमलाई निरन्तरता दिएको छ ।पालिकाकाको स्रोतमा सञ्चालन भएको प्राबिधिक बिद्यायल बालबिज्ञान सिदार्थ माध्यमिक बिद्यालयमा प्रशिक्षक र सहायक प्रशिक्षकको लागी पारिश्रमिकको लागी २० लाख ४० हजार बिनियोजन भएको छ ।

शिक्षण सिकाई डिजिटल प्रबिधिबाट गर्ने कार्यको लागी ४९ लाख ५८ हजार रकम बिनियोजन भएको छ ।

प्रतिक्रिया दिनुहोस्