समाचार

नेपाली कांग्रेसले बाढी पहिरो पीडितलाई प्रतिपरिवार २५ हजार दिने

२०७८ असार ३१

काठमाडौं । नेपाली कांग्रेसले २०७८ वैशाखदेखि यताका बाढी पहिरो पीडितलाई प्रतिपरिवार २५ हजार रुपैयाँ दिने भएको छ । बाढी पहिरो पीडित विपद् व्यवस्थापन समितिको बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकले तत्कालका लागि प्रतिपरिवार २५ हजार रुपैयाँ उपलब्ध गराउने निर्णय भएको समितिका संयोजक मोहन बस्नेतले जानकारी दिए ।