समाचार

राष्ट्रपतिको विज्ञप्ति नसच्चिएसम्म शपथ ग्रहण गर्दिनः नवनियुक्त प्रधानमन्त्री देउवा

२०७८ असार २९

काठमाडौं । मंगलबार साँझ ६ बजे नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाको सपथ ग्रहण कार्यक्रम रहे पनि सपथ ग्रहण गर्नुभएको छैन ।राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री नियुक्त गरिएको जारी गरेको विज्ञप्तिप्रति नेपाली काँग्रेसका सभापतिसमेत रहनुभएको नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले आपत्ति जनाउनुभएपछि सपथ ग्रहण ढिलाई भएको हो ।