समाचार

खाँणलाई भेट्नेको लर्को, रायमाझीलाई पूरै बेवास्ता, बरू भेट्छन् माओवादीकै नेता खाँण गर्छन्

२०८० सावन ३२

काठमाडौं । पूर्वउपप्रधानमन्त्री एवम् नेकपा (एमाले)का सांसद टोपबहादुर रायमाझी र पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका प्रभावशाली नेता बालकृष्ण खाँण जेलमा छन् । हाल जेलमा रहेका कैदीहरूमध्ये राज्यको उच्च तहमा पुगेर जेल जीवन भोगिरहेका उनीहरू नै कारागारका लागि 'भीआईपी कैदी' हुन् ।