अर्घाखाँचीको एक घरमा पसेको दुर्लभ राजगोमन सर्पको उद्धार

| २०७८ असार १४ गते १९: २८ मा प्रकाशित

पाणिनी। दुई दिनदेखि अर्घाखाँचीको एक घरमा पसेको दुर्लभ राजगोमन सर्पको उद्धार गरिएको छ । पाल्पाबाट गएको सागर पाण्डे नेतृत्वको टोलीले सर्पको उद्धार गरेको पत्रकार रविन घिमिरेले जानकारी दिए ।

उनका अनुसार अर्घाखाँचीको पाणिनि गाउँपालिका ७ झन्द्रेकमा घरभित्र पसेको सर्पको सोमबार दिउँसो उद्धार गरिएको हो । ११ दशमलव ४ फिट लामो राज गोमन सर्प दुर्लभ प्रजातीको सर्प हो ।

 सर्पको उद्धार 

 

जुन असाध्यै विषालु हुन्छ । दुर्लभ सर्प भएकाले संरक्षण गर्नुपर्ने सर्प उद्धार टोलीका विज्ञ पाण्डेले बताए । घरभित्र सर्प पस्दा झन्द्रेक गाउँमा त्रास बढेको थियो भने सर्प हेर्नेको भीड समेत लागेको थियो ।

प्रतिक्रिया दिनुहोस्