अठार लाख वजेट को निकासा रोकियो: पाणिनि गाँउपालिका प्रति काफलवुटावासी जनता आक्रोसित

| २०७८ असार १९ गते १८: ०२ मा प्रकाशित

कमला घिमिरे।अर्घाखाँची जिल्लाको पाणिनि गाँउ पालिका वडा नं ५ काफलवुटामा लामो समय सम्म विद्यार्थीले दुख पाएको वताउदै विद्यालय स्थापनार्थ पहल गरी केन्द्रदेखी १८ लाख रक़म पारीसक्दा पनि पाणिनि गाँउ पालिका शिक्षा शाखाले समयमा चांसो नदिएको कारण वजेट रोक्का हुनु सकारात्मक पक्ष नभएको दर्ता नभएको विद्यालय का अध्यक्ष झविलाल घिमिरेले पत्रकार सम्मेलनमा वताएका छन । 

पाणिनि गाँउ पालिका वडा नं ५ काफलवुटाको लागी राष्ट्रपति शैक्षिक सुधार अन्तरगत परेको अठार लाख रुपैया गाँउ पालिका ले निकासा किन नरेको भन्ने पत्रकार डिआरजी सुमन को प्रश्नमा पाणिनि गाँउ पालिका अध्यक्ष र वडा नं ५ का अध्यक्षको एउटै साझा जवाफ “क़ानूनी समस्या” रहेको भन्ने नै आएको छ । 

पत्र 

साविक मैदान गावीस वडा नं ०७ ले ठुलो क्षेत्र समेटेकोले काफलवुटामा विद्यालय आवश्यक महसूस गरी वजेट ल्याउने पहलमा लागेको प्रति स्थानीयलाई धन्यवाद दिदै आवश्यक कानुनी प्रक्रिय अवलंब गरी उक्त क्षेत्रमा विद्यालय संचालन गर्ने पहलमा जुटेको पाणिनि गाँउ पालिका वडा नं ५ का अध्यक्ष जीवलाल घिमिरेले वताउनु भएको छ । 

यस्तै पाणिनि गाँउ पालिका अध्यक्ष अच्युत गौतमले काफलवुटामा विद्यालय वनाउदा उक्त क्षेत्रमा रहेको विद्यार्थी लाई सहजता हुने विषयमा स्थानीयले आवाज़ उठाई रहेको वताउदै उक्त क्षेत्रमा ३ कोठे ट्रस सहितको भवन निर्माण गरी स-साना विद्यार्थीलाई सहजता दिलाउन आफुले पहल गरिरहेको जनाउनु भएको छ ।

पत्र 

विद्यालय दर्ता नभएको हुदा शिक्षा नियमावली वमोजिम रक़म निकासा गर्न नसकिएको पाणिनि गाँउ पालिका शिक्षा शाखा प्रमुख तेज वहादुर खनालले डिआरजी सुमन लाई जानकारी गराउनु भएको छ । 

यहाँ विद्यालय खोल्नको लागी कसैले पहल गरेन अहिले कटेरोमै साना वच्चा पढाउने काम भई रहेको छ । यस्तो अवस्थामा पनि यहाँ कै लागी आएको रक़म निकासा नहुनु दुर्भाग्य भएको वताउदै घटेरी समेत खनी सक्दा समेत पाणिनि गाँउ पालिका शिक्षा शाखा ले वेवास्ता गरेको प्रति स्थानीयहरु आक्रोसित भएका छन । 

हामीलाई शिक्षा शाखाले समयमा प्रक्रिया पुरा नभएको र रकम आएको वारे जानकारी नगराउनु ग़लत भएको विद्यालय स्थापनाको लागी पहल गरिरहनु भएका स्थानीय पहलकर्ता वेदराज घिमिरेले जानकारी गराउनु भएको

प्रतिक्रिया दिनुहोस्