पाणिनी गाउँपालिकामा एकैदिन भेटीए ३३ जना कोरोना संक्रमित

| २०७८ सावन १२ गते १८: ३३ मा प्रकाशित

कमला घिमिरे,पाणिनी। पाणिनी गाउँपालिका ४ पटाैटी स्वास्थ्य चौकीमा आज गरिएको कोभिड एन्टिजेन परिक्षणमा चेक  मा ६१ जना मध्ये ३३ जनामा कोरोना पाेजेटिभ देखिएकाे छ। 

जांच गरिएका ६१ जनामध्ये ३३ जना महिला र २८ जना पुरुष रहेका थिए। जांच गरिएका ६१ जना मध्ये ३३ जनामा कोरोना पोजेटिभ देखिएको हो।  जसमा महिला १७ जना र पुरुष १६ जना रहेका छन्। ५४.०९% पोजेटिभ मध्ये ५ बर्ष मुनिका २ जना बच्चा पनि रहेका छ्न। 

जोखिम उच्च देखियो,सचेत रहौं सुरक्षाका मापदण्डको पुर्ण पालना गरौँ।काेभिड देखिदैमा डराउनु पर्दैन तर सचेत र सतर्क रहनुहाेस ।आराम,व्यायाम,खानपिन  र अत्मबल बढाउने र काेभिड आफै परास्त हुनेछ भन्दै डाक्टर गणेश घिमिरेले जानकारी दिनु भयो। 

प्रतिक्रिया दिनुहोस्