अर्घाखाँचीको पाणिनीमा पहिरोले घर पुरिदा ९ बर्षीय बालिकाको मृ'त्यु

| २०७८ भदौ १५ गते २३: ४० मा प्रकाशित

हलिम खाँन,अर्घाखाँची । जिल्लाको पाणिनि गाउँपालिका वार्ड नम्बर ७ झन्द्रेकको भेडावारी  बस्ने जिवलाल सुनारको ९ वर्षकी छोरी झरना सुनारको पहिरोले च्यापिएर घटना स्थलमै मृ'त्यु भएको वार्ड सदस्य नविन टण्डनले बताएका छन ।

मंगलवार साझ करिब ५:३० बजेतिर घरमाथिबाट आएको पहिरोले एकतले कच्ची घर पुरिएको हो । घरमा मृतक सुनारको ६ जना परिवारसंग १ जना छिमेकी समेत रहेका थिए ।

मृतक सुनारको परिवार र छिमेकीहरु समेत उक्त पहिरोका का कारण सामान्य घाइते भएको वार्ड सदस्य टण्डनले बताए । थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सुरक्षा अधिकारी लगाएतको टोलि घटना स्थलमा पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्