सवारी ज्यान कसुर मुद्धामा फरार रहेका पाणिनी ३ का दर्लामीलाई पक्राउ गरि कारागार चलान

| २०७८ भदौ १७ गते ००: ०० मा प्रकाशित

अर्घाखाँची।अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका वडा नं. ३ स्थायी ठेगाना भएका वर्ष ३६ को मनोज दर्लामी पक्राउ परेका छन्। 

सवारी ज्यान कसुर मुद्धामा सम्मानित अर्घाखाँची जिल्ला अदालतको मिति २०७७।११।१८ गतेको फैसला अनुसार ११ महिना ६ दिन कैद तोकिएकोमा फैसला पश्चात भागी फरार रहेका मनोज दर्लामीलाई विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीबाट खटिएको प्रहरी टोलीले  मिति २०७८।०५।१७ गते निजकै घरमा फेला पारी नियन्त्रणमा लिई सम्मानित जिल्ला अदालत अर्घाखाँचीमा पेश गरिएको कैद भुक्तानको लागि कारागार चलान भएको छ।

प्रतिक्रिया दिनुहोस्