काङ्ग्रेसका युवा नेता ऋषब ज्ञवाली केन्द्रिय महाधिवेशन प्रतिनिधिमा उम्मेद्बारी

| २०७८ भदौ ३१ गते १४: २० मा प्रकाशित

नेपाली काङ्ग्रेसको चौधौं महाधिवेशनमा अर्घाखाँची जिल्लाबाट केन्द्रिय महाधिवेशन प्रतिनिधिको रुपमा युवा नेता एवं समाजसेवी ऋषब ज्ञवालीले उम्मेद्बारी दिने भएका छन। स्पष्ट विचार भएका बौद्धिक एवं शालिन युवा नेता ज्ञवालीले आसन्न काङ्ग्रेस महाधिवेशनमा केन्द्रिय महाधिवेशन प्रतिनिधिमा उम्मेद्बारी दिने घोषणा गरेका हुन। उनले यो घोषणा आफ्नो फेसबुक मार्फत सार्वजनिक गरिसकेका छन। 

अर्घाखाँची काङ्ग्रेसलाई नमुना काङ्ग्रेस बनाउदै सबै जनताको काङ्ग्रेस, सिमित वर्गको मात्र नभइ सबैको एक ढिक्का काङ्ग्रेस बनाउन पर्ने परिस्थिति सृजना भएका कारण आफुले केन्द्रिय महाधिवेशन प्रतिनिधिमा उम्मेद्बारी दिने सोच बनाएको उनले अर्घाखाँची बुलेटिनलाई बताए। 

नमुना काङ्ग्रेस स्थापनाको लागि स्पष्ट सोच भएको युवा र सक्षम नेतृत्व चुन्नका लागि सम्पुर्ण परिवर्तनशिल र गतिशील काङ्ग्रेसजनहरु समक्ष आफुलाइ केन्द्रिय महाधिवेशन प्रतिनिधिमा मत दिई विजय बनाउन उनले अनुरोध गरेका छन। अहिले क्षेत्रीय प्रतिनिधि निर्वाचित भएर आएका प्रतिनिधिहरु पनि परिवर्तनशिल र अग्रगामी सोचका भएकाले आफुलाइ मत दिएर निर्वाचित गराउनेमा बिस्वास रहेको बताएका छन। 

महाधिवेशन प्रतिनिधि भइसकेपछी कुनै गुट, उपगुट र स्वार्थ नहेरी सवल र सक्षम काङ्ग्रेस निर्माण गर्ने नेतृत्व चुन्नका निमित्त लागिपर्ने ज्ञवालीले बताए। हुने खाने र सिमित बर्गको मात्र पार्टी हुन लागेको यो अवस्थामा सिमित बर्गबाट सबै जनताको मनमा बस्ने काङ्ग्रेस बनाउने अभियानमा लाग्न पनि सम्पुर्ण काङ्ग्रेसजनलाइ उनले आव्हान समेत गरेका छन। 

मेरो उम्मेद्बारी आग्रह या पुर्वाग्रहका लागि होइन, गुट उपगुट बिस्थापन एवं सबल र सुदृढ काङ्ग्रेस निर्माणका लागि हो भन्दै युवा नेता ज्ञवालीले पार्टी एकताको सन्देश दिदै पार्टीलाई रुपान्तरण सहित गतिशिल बनाउने यो अभियानमा सामेल भइ भव्य रुपमा महाधिवेशन सफल पार्न आ-आफ्नो ठाउबाट सबैले सहयोग गर्न पनि समग्र जनता एवं काङ्ग्रेसजन समक्ष उनले अपिल गरेका छन।

प्रतिक्रिया दिनुहोस्