पाणिनी गाउँपालिकामा परिबार नियोजन दिबस मनाइयो

| २०७८ असोज २ गते २१: १२ मा प्रकाशित

अर्घाखाँची। पाणिनी गाउँपालिका स्वास्थ्य शाखाको आयोजना  तथा पोखराथोक स्वास्थ्य चौकीको समन्वय र सहयोगमा एक कार्यक्रमका बिच आठौं राष्ट्रिय परिबार नियोजन दिवस मनाइएको छ।

कोभिड १९ को महामारी परिबार योजना सेवामा सबैको पहुच बराबरी भन्ने मुलनाराका साथ परिबार योजना सम्बन्धी अन्तक्रिया तथा तत  सम्बन्धी ५  जना सेबाग्राहीलाइ लामो अबधिको गर्भान्तर सम्बन्धि साधन इम्प्लान्ट सेवा दिएर उक्त दिबश मनाइएको हो । कार्यक्रममा सेवाग्राहीहरु, म स्वा से, स्वास्थ्य चौकी इन्चार्ज धुर्बराज घिमिरे सहित स्वास्थकर्मीहरु,वडा अध्यक्ष नेत्रप्रसाद भट्टराई  तथा स्वास्थ साखा बाट NHSSP/ HSSO प्रतिस्ठा ढकाल को उपस्थिती रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्