पौडेलको नेतृत्वमा अर्घाखाँचीमा निजामती कर्मचारी युनियनको १३ सदस्यीय स्थानीय कार्य समिती ग़ठन

| २०७८ असोज ११ गते १९: ४७ मा प्रकाशित

अशोक खनाल। नेपाल निजामती कर्मचारी युनियन, जिल्ला कार्य समिति अर्घाखाँचीले तेस्रो पटक पाणिनि गाउँपालिकामा अधिकृत छैठौ मेघराज पौडेलको अध्यक्षतामा १३ सदस्यीय स्थानीय कार्य समिती ग़ठन गरेको छ ।

समितिको खुला उपाध्यक्षमा रामप्रसाद घिमिरे, समाबेसी उपाध्यक्षमा गीता वाग्ले, सचिवमा मेघनाथ गैरे, कोषाध्यक्षमा पूजा न्यौपाने चयन भएका छन् । सदस्यहरुमा काशीराज बेल्बासे, हेमन्त घिमिरे, बिष्णु घिमिरे, मैना रायमाझी, माधव पोखरेल, माधव अर्याल, माधव घिमिरे र प्रकाश भट्टराई चयन भएका छन् ।

त्यस्तै कार्य समितिलाई सल्लाह, सुझाव र मार्ग दर्शन गर्ने गरि गाउँपालिकामा कार्यरत अधिकृत छैठौ शेषकांत घिमिरे संयोजक, पिताम्बर पोखरेल र अर्थ कुमार चौधरी सदस्य रहेको ३ सदस्यीय सल्लाहकार समिति समेत गठन गरेको छ ।

पाणिनि गाउँपालिका दुर्गफाटमा सम्पन्न कार्यक्रममा युनियनका अध्यक्ष शेषकान्त घिमिरे “ओशन”, उपाध्यक्ष माधव अर्याल,आधिकारिक ट्रेड युनियनका अध्यक्ष झविन्द्र खनाल लगायत अन्य पदाधिकारीहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा केन्द्रीय सभा सदस्यहरु रुकेन्द्र पालुङ्गे, बिनोद कुँवर र आधिकारिक ट्रेड युनियनका कोषाध्यक्ष कृष्ण वर्मा समेतको उपस्थित रहेको थियो ।

कार्यक्रममा आधिकारिक ट्रेड युनियनका अध्यक्ष झविन्द्र खनालले ट्रेड युनियन र नेपाल निजामती कर्मचारी युनियनका बरेमा प्रकाश बारेमा प्रकाश पारेका थिए भने सल्लाहकार संयोजक शेषकांत घिमिरेले पाणिनिमा युनियन अगाडी लगेको बताएका थिए ।

कार्यक्रमका अध्यक्ष तथा नेपाल निजामति कर्मचारी यूनियन जिल्ला अध्यक्ष घिमिरेले स्थानीय कार्य समिति गठनमा विशेष भूमिका खेल्ने पाणिनि गाउपालिकामा कार्यरत युनियनकर्मीहरु लगायत सम्पूर्ण पदाधिकारीहरुलाई विशेष धन्यवाद ज्ञापन गरेका थिए । उक्त्त कार्यक्रम जिल्ला कार्य समितिका उपाध्यक्ष माधव अर्यालले संचालन गरेका थिए 

प्रतिक्रिया दिनुहोस्