पाणिनीका स्व. खिमानन्द न्याैपानेकाे सातौँ दिनको श्रद्धाञ्जली सभा सम्पन्न

| २०७८ माघ २५ गते १९: ३२ मा प्रकाशित

अर्जुन भुसाल ,सन्धिखर्क। नेकपा (एमाले), केन्द्रीय कमिटी सदस्य गिरधारीलाल न्याैपानेका  पिता पार्टीका जेष्ठ संगठित सदस्य खिमानन्द न्याैपानेकाे निधन भएको सातौं दिनमा नेकपा (एमाले) पाणिनि गाउँपालिका ५ नम्बर वडा कमिटीको आयोजनामा आज श्रद्धाञ्जली सभामा सम्पन्न गरिएको छ । 

श्रद्धाञ्जली सभा

 

वडा कमिटी अध्यक्ष इन्द्रमणी घिमिरेको अध्यक्षता,पालिका कमिटी उपाध्यक्ष जीवलाल घिमिरेको संचालनमा भएको सभामा पार्टी केन्द्रीय सचिव टाेपबहादुर रायमाझी, पाेलिटव्युराे सदस्य बिमला घिमिरे,केन्द्रीय सदस्य एवं अर्घाखाँची जिल्ला इन्चार्ज चन्द्रबहादुर खड्का,केन्द्रीय सदस्य एवं कपिलवस्तु जिल्ला इन्चार्ज बलराम अधिकारी,केन्द्रिय सल्लाहकार परिषद सदस्य नरेन्द्र कुमार क्षेत्री,इन्द्रमणी पौडेल,लुम्बिनी प्रदेश सभा सदस्य रामजीप्रसाद घिमिरे, पार्टी अर्घाखाँचीका अध्यक्ष पिताम्बर भुसाल,कपिलवस्तुका अध्यक्ष डम्बर शर्मा लगायत अर्घाखाँची,कपिलबस्तु,रुपन्देही जिल्लाका पार्टी नेता, कार्यकर्ताहरूको उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस्