बृहत युवा अभियान रुपन्देहीद्वारा पाणिनिको खिदिममा ६० जना बिपन्न परिवारका विद्यार्थीहरुलाई न्यानो कपडा र शैक्षिक सामाग्रीहरु वितरण

| २०७८ फागुन ५ गते १८: १५ मा प्रकाशित

माधव  पौडेल। बृहत युवा अभियान रुपन्देही द्वारा अर्घाखाँची को पाणिनि गाउँपालिका ३ खिदिम मा रहेका विभिन्न विद्यालयका ६० जना बिपन्न परिवारका विद्यार्थीहरु लाई न्यानो कपडा स्विटर ,मोजा साथौ  ,शैक्षिक सामाग्रीहरु  कपी ,झोला ,बितरण गरेको छ ।साथै अति बिपन्न ५ घर परिवारलाई खाद्यान्न वितरण गरेको छ । रुपन्देही को जिल्ला प्रशासन कार्यलय मा दर्ता भएको यस संस्थामा ५० जना सदस्य रहेका छन । संस्था ले दर्ता चरण देखि नै सामाजिक क्षेत्र जस्तै बिपन्न परिवारका बालबालिका बृद्ध-बृद्दा ,अपाङ्ग ,सामाजिकजनचेतना  मुलक नाटक ,महिला हिंसा विरुद्धका  कार्यक्रम र  बाढी ,पहिरो लगायतका क्षेत्रहरु मा काम गरिरहेको छ । 

जो खान नपाएर तड्पिरहेका छ्न उनीहरुका लागि सहयोग गर्ने र त्यो सहयोग को लागि आर्थिक रकम देश बिदेशबाट विभिन्न नेपाली दाजु,भाइहरु ले गर्दै आउनु भएको बृहत युवा अभियान कि अध्यक्ष पुष्पा भट्टराई ले बताउने भयो  सामाजिक कार्यमा अघि बढेको यश संस्था ले विद्यार्थी हरुको मनोरञ्जन को लागि नृत्य पनि प्रस्तुत गरेको थियो । संस्था ले आगामी दिनहरु मा अर्घाखाँचीका अन्य ठाउँहरु मा पनि यस्तै सहयोगका कार्यक्रम हरु ल्याउने भएको छ ।

प्रतिक्रिया दिनुहोस्