पाेखराथाेकमा २५० जना कांग्रेस परित्याग गरि एमालेमा प्रवेश

| २०७८ फागुन ७ गते १८: ४३ मा प्रकाशित

गणेश खनाल।नेकपा एमालेका केन्द्रीय सचिव टाेपबहादुर रायमाझीले बर्तमान सरकार असफल भएकाे बताउनुभयाे । राष्ट्र,विकासमा भन्दा पनि अाफ्नाे स्वार्थ कसरी पूरा गर्न सकिन्छ भन्ने चिन्ता रहेकाे बताउनुभयाे । 

 नेकपा एमाले पाणिनी-२ पाेखराथाेककाे वडा कमिटीकाे आयाेजनामा आज घाेलीडाँडामा पार्टि प्रबेस कार्यक्रम बाेल्दै उहाले साे कुरा बताउनुभएकाे हाे । 

कार्यक्रममा बाेल्दै नेकपा एमाले प्रदेश सचिवालय सदस्य रामजि प्रसाद घिमिरेले पाेखराथाेक नेकपा एमालेकाे लालकिल्ला भएकाे बताउनुभयाे । अर्घाखाँचीमा एमाले सग ५ दलिय गठबन्धन भएपनि एमाले एक्लैले बहुमत ल्याउने बताउनुभयाे ।

उक्त कार्यक्रममा नेपाली काँग्रेस पार्टि परित्याग गरि बिष्णु रायमाझी, भक्त ब. रायमाझी, लाल ब. रायमाझी, कासिनाथ कार्कि, सुमित्रा बगाले र निर्मला घर्तिकाे नेतृत्वमा ६२ घर परिवारका २५० जना कार्यकर्ता नेकपा एमालेमा प्रबेस गर्नु भएकाे छ। 

पाेखराथाेककाे वडा कमिटीकाे आयाेजना

 

नव प्रबेसिहरुलाई पार्टि केन्द्रीय सचिब  रायमाझी, लुम्बिनी प्रदेस सांसद तथा प्रदेस कमिटि सचिवालय सदस्य घिमिरे, प्रदेस कमिटि सदस्यहरु जीव नारायण काेईराला, कुटमदिन अली,जिल्ला कमिटी उप सचिब  शम्भु पाेख्रेल,जिकस उमानाथ पाैडेल, पालिका कमिटी अध्यक्ष  कमल प्रसाद घिमिरे लगायतले फुल र अबिर लगाई पार्टिमा स्वागत गर्नु भएकाे थियाे ।

प्रतिक्रिया दिनुहोस्