अर्घाखाँचीको पाणिनी गाउँपालिकामा युवा लक्षित ३ महिने तालिम सञ्चालन हुँदै

| २०७८ चैत १ गते ०१: ०२ मा प्रकाशित

अर्घाखाँची । अर्घाखाँचीको पाणिनी गाउँपालिकाले बेरोजगार युवाहरुका लागि सीपमुलक तालिम संचालन गर्ने भएको छ ।

लुम्बिनी प्रदेश श्रम, रोजगार तथा यातायात व्यबस्था मन्त्रालयको बार्षिक स्विकृत कार्यक्रम युवाका लागि स्वरोजगार तुल्याउन सिपमुलक प्रशिक्षण कार्यक्रम अन्तर्गत गाउँपालिकाले ३ महिने हाते कडाई तालिम संचालन गर्ने भएको छ ।

गाउँपालिकाले फागुन ३० गते एक सुचना जारी गर्दै तालिममा संलग्न हुन ईच्छुकले ७ दिन भित्र अर्थात चैत्र ०६ सम्म सम्बन्धित वडा कार्यालयमा निवेदन दिन अनुरोध समेत गरेको छ ।

तालिम निवेदन संकलन पश्चात चैत्रको अन्तिम हप्ताबाट संचालन गर्ने तयारी रहेको पाणिनी गाउपालिकाका रोजगार संयोजक कासिराज बेल्वासेले बताए ।

 

प्रतिक्रिया दिनुहोस्