प्रतिगमनका विरुद्ध ५ दलीय गठबन्धनको बैठक पाणिनीमा सम्पन्न: एमालेलाई एक सिट पनि जित्न नदिने

| २०७८ चैत १२ गते १९: ०० मा प्रकाशित

अर्घाखाँची। अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिकामा ५ दलीय संयुक्त गठबन्धनको बैठक तथा भेला सम्पन्न भएको छ । प्रतिगमनका विरुद्ध एकवद्ध भएको भन्दै आगामी तिनवटै तहको निर्वाचनमा जित हासील गर्नका लागी गठबन्धन भएको राजनितिक दल बताउँछन् । स्थानिय तहको निर्वाचन, प्रदेश र संघीय निर्वाचनमा प्रतिगमनलाई परास्त गर्नका लागि नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टीले पालिका स्तरमा संयुक्त कार्यक्रम गरेको बताए । पाणिनीको दुर्गाफाटमा संयुक्त अगुवा नेता तथा कार्यकर्ताहरुलाई सम्बोधन गर्दै नेपाली काँग्रेसका सभापति केशव श्रेष्ठले तीनै तहको निर्वाचन जित्न मात्र नभई देश बनाउन, सीमा सुरक्षा, राष्ट्रियताका निम्ति ५ दलिय गठबन्धन कायम रहने बताए । आगामी निर्वाचनमा ईमान्दारिताका साथ लाग्न नेता तथा कार्यकर्ताहरुलाई निर्देशन दिए ।

नेकपा माओवादी केन्द्रका प्रदेश कार्यालय सदस्य छमकुमारी खनाल चिनारीले तीनै तहको निर्वाचनलाई लक्षित गरि नभई केपी ओलीको दम्भलाई तोड्नका लागि गठबन्धन गरेको बताए । उनले जिल्लामा विकासका नाममा भ्रमको खेती गरेकोले प्रतिगमनकारीलाई हराउँन एक ठाउँमा उभिएको बताउँदै संविधानको रक्षार्थ जिल्ला र देशको विकासका निम्ति गठबन्धन अपरिहार्य भएको बताईन ।

नेकपा एकिकृत समाजवादीका जिल्ला सचिव युवराज पौडेलले केपी ओलीको अतिवादका कारण एमालेमा बस्न नसकेको बताउँदै प्रतिगमनलाई परास्त गरि देशलाई मुल ट्रयाकमा ल्याउन सफल भएको बताउँदै आगामी दिनमा पनि गठबन्धनका दल एक ढिक्का भएर लाग्ने बताए ।

राष्ट्रिय जनमोर्चाका नेता गोविन्द विसीले गठबन्धन भएका राजनितिक दल इमान्दारीताका साथमा सकेमात्र सबै निर्वाचनमा सफल हुन सक्ने बताए । उनले आगामी निर्वाचनमा गठबन्धनको जीत सुनिस्चित रहेको बताए । शिक्षा, स्वास्थ्य, सुरक्षा, रोजगार जस्ता सबैलाई मान्य हुने खालका सुविधा दिन भन्दै केपी ओली नेतृत्वको पार्टीलाई ५ वर्षका लागि जनताले दिएको म्यान्डेट पुरा गर्न नसकेको आरोप लगाउँदै आगामी तीनै तहको चुनावमा देशैभरबाट परास्त गर्नुपर्ने बताएका छन् । ५ दलिय गठबन्धनले जिल्लाका विभिन्न पालिकामा संयुक्त अगुवा कार्यकर्ता बैठक सम्पन्न गरि साझा एजेण्डा तयार गरि चुनावि नारा समेत तयार गर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्