अर्घाखाँचीको पाणिनी गाउँपालिकाको वडा नं. १ मा नेपाली कांग्रेसको प्यानलनै विजयी

| २०७९ बैशाख ३१ गते १४: ५१ मा प्रकाशित

अर्घाखाँची । अर्घाखाँचीको पाणिनी गाउँपालिकाको वडा नं. १ मा नेपाली कांग्रेसको प्यानलनै विजयी भएको छ । कांग्रेसका वडाध्यक्षका उम्मेदवार कमल पोख्रेलले ८१३ मत ल्याई विजयी भएका हुन् ।

उनका प्रतिद्धन्द्धी नेकपा एमालेका रुद्रप्रसाद पोख्रेलले ६५९ मत ल्याएका छन् । सदस्यहरुमा काँग्रेसकै महिला सदस्यमा शान्ता पौडेल, दलित महिला सदस्यमा सविना विश्वकर्मा र खुल्ला सदस्यमा विजय पोख्रेल र टुकबहादुर दर्लामी विजयी भएका हुन । उनीहरुले क्रमशः ८३१, ८३४, ८१५, ७९३ मत ल्याएर विजयी भएका छन् ।

गाउँपालिका अध्यक्ष पदमा काँग्रेसका अच्युत गौतमले सुरुवाती अग्रता लिएका छन् । गौतमले ७७२ मत ल्याउँदा एमालेका टेकराज न्यौपानेले मत ७२४ ल्याएका छन् । उपाध्यक्षमा काँग्रेसकै लक्ष्मी गौतमले ७६७ मत ल्याई अग्रता कायमै छ । उपाध्यक्षमा एमालेका नर्मदा पौडेलको ७२६ मत ल्याएकी छन् ।

प्रतिक्रिया दिनुहोस्