पाणिनी गाउँपालिकाका निवर्तमान अध्यक्ष अच्युत गौतमले अब आफू छाँया सरकारको रुपमा काम गर्ने

| २०७९ जेठ ८ गते ००: १५ मा प्रकाशित

कमला घिमिरे ,पाणिनी। अर्घाखाँचीको पाणिनी गाउँपालिकाका निवर्तमान अध्यक्ष अच्युत गौतमले अब आफू छाँया सरकारको रुपमा काम गर्ने बताएका छन् । गौतमले शुक्रबार पत्रकारहरु सँग कुराकानी गर्दै आफुले प्राप्त गरेको मतको सम्मान गर्दै मतदाताहरुको विश्वास कायम रहने गरि अबको ५ छाँया अध्यक्ष बनेर काम गर्ने बताएका हुन् ।

‘मलाई नै अध्यक्ष मानेर भोट दिने जनताहरुको आशालाइ मार्न दिने छैन् । मतदाताको विश्वास कायम रहने गरि अबको ५ वर्ष छाँया अध्यक्ष बनेर काम गर्नेछु ।’ – गौतमले भने । उनले पालिकामा हुने हरेक गतिविधिको निगरानी गर्ने विश्वास व्यक्त गरे ।

नेपाली कांग्रेस अर्घाखाँचीका सचिव समेत रहेका गौतमले पराजय हुनु नै अन्तिम नभएको भन्दै पार्टी भित्र रहेको समस्यालाइ समाधान गर्दै कांग्रेसलाई थप सुढृढ बनाउन लागि पर्ने पनि बताए ।

वि.सं. २०७४ को स्थानिय तह निर्वाचनमा एमालेका उम्मेदवार जीवनारायण कोइरालालाई हराउँदै अध्यक्ष बनेका गौतम २०७९ मा एमालेका अध्यक्ष पदका उम्मेदवार टेक राज न्यौपानेसँग पराजित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्