२८ वर्षीय वडाध्यक्षको पहिलो निर्णय- ‘दुईवर्षभित्र १ घर १ धारा कार्यक्रम सम्पन्न गर्ने’

| २०७९ जेठ १० गते १५: १८ मा प्रकाशित

अर्घाखाँची । अर्घाखाँची जिल्लाको पाणिनि गाउँपालिका वडा नं ६ धातिवाङ्गमा नवनिर्वाचित वडा अध्यक्ष कृष्णप्रसाद पौडेल, वडा सदस्यहरू तारा पौडेल, खगेश्वर पौडेल, हरिप्रसाद पौडेल र पुनीकुमारी कामीले पदभार ग्रहण गर्नुभएको छ । बिहान ८ बजे वडा कार्यालयमा धार्मिक विधिअनुसार पदभार ग्रहण गर्नुभएको हो ।

वडाका कार्यवाहक वडा अध्यक्ष पुनाराम पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला सदस्य डा इन्द्रमणि पौडेलले जनप्रतिनिधिहरूले मुस्कान सहितको सेवा दिन आग्रह गर्नुभएको छ ।

कार्यक्रममा नेकपा एमाले धातिवाङ्गका अध्यक्ष टामलाल पौडेलले जनताको प्रतिनिधि भएर काम गर्न आग्रह गर्नुभएको छ । कार्यक्रममा समाजसेवी थानेश्वर पौडेल,नोपाली कांग्रेसका कार्यवाहक सभापति तारापति पौडेल, पाणिनि गाउँपालिका कृषि शाखा प्रमुख मेगराज पौडेल, धातिवाङ्ग स्वास्थ्य चौकी इन्चार्ज मित्रदेव पौडेल, अमर आधारभुत विद्यालयका प्रअ हिमलाल पौडेल लगाएतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

पदभार ग्रहण पछि बसेको वडाको बैठकले आगामी २ वर्षभित्र धातिवाङ्गका सबै घरधुरीमा खानेपानीको व्यवस्था पुर्‍याउन १ घर १ धारा अभियान सम्पन्न गर्ने गरि निर्णय गरेको छ ।

कार्यक्रम वडा सचिव गिता वाग्लेको स्वागत तथा कर्मचारी इन्द्रमणि पौडेलको सञ्चालनमा सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस्