पाणिनी गाउँपालिकाले ४८ करोड ८२ लाख बराबरको बजेट पायो

| २०७९ जेठ १९ गते २०: ०० मा प्रकाशित

कमला घिमिरे। आर्थीक वर्ष २०७९/०८० का लागी पाणिनी गाउँपालिकाले ४८ करोड ८२ लाख बराबरको बजेट पाएको छ । चालु तर्फ ४२ करोड ६६ लाख र पुंजीगत तर्फ ६ करोड १ लाख गरी ४८ करोड ८२ लाखको बजेट पाएको हो ।

पाणिनी गाँउपालिकाले समानीकरण अनुदान तर्फ ११ करोड ७५ लाख, सशर्त अनुदान तर्फ ३४ करोड १७ लाख, बिशेष अनुदान तर्फ १ करोड २० लाख र समपुरक अनुदान तर्फ १ करोड ७० लाख गरी ४८ करोड ८२ लाखको बजेट पाएको हो ।

सरकारले गत जेठ १५ गते आगामी आर्थीक वर्ष २०७९/०८० का लागी बजेट ल्याएको थियो । सोही बजेट प्रदेश तथा स्थानियतहहरुलाई बाँडफाँट गरेको हो ।

प्रतिक्रिया दिनुहोस्