अर्घाखाँचीकाे पाणिनीमा रहेका २ एम्बुलेन्स संचालनमा आउँन सकेनन :बिरामी जनतालाई सास्ती

| २०७९ असार ९ गते १५: ५५ मा प्रकाशित

कमला घिमिरे ,पाणिनी। अर्घाखाँचीकाे पाणिनी गाउँपालिकामा एम्बुलेन्स संचालनमा आएका छैनन् । गाउँपालिकासंग २ वटा एम्बुलेन्स छन्, तर दुबै एम्बुलेन्स संचालन नआएपछि जनतालाइ बिरामी पर्दा चर्काे मुल्यमा अन्य साधन खाेजि सम्बन्धित अस्पतालमा पुग्नु पर्ने बाध्यता छ ।

पालिकाले आफुहरूलाइ तलब नदिएकाे साथै एम्बुलेन्स मर्मतकाे लागि समेत रकम उपलब्ध नगराएकाे कारण एम्बुलेन्स संचालन गर्न नसकिएकाे एम्बुलेन्स चालक सन्ताेष ज्ञवालिकाे भनाइ छ । उनि भन्छन् ”बिगत २/३ मिहना देखि तलव पाएका छैनाै, आफ्नै गाेजिबाट पैसा हालेर संचालन गर्न सकिएन ।”

पुराना भएकाे र मर्मत गर्ने काम नभएकाे साथै २ बर्ष देखि चालकलाइ तलव उपलब्ध नगराएका कारण राेकीएकाे बताउदै पाणिनी गाउँपालिका अध्यक्ष टेकराज न्याैपानेले अबकाे निति तथा कार्यक्रममा यसबारे उचित ब्यवस्थापन गरी यहि असार २५ भित्र एम्बुलेन्स संचालनमा ल्याउने बताएका छन् । ”हामि नयाँ आयाैँ यस 
अघि लापर्वाहि गरीएकाे रहेछ, अब हामि सहि ब्यवस्थापन गर्छाैँ । जनतालाइ छिटाे सुबिधा उपलब्ध गराउछाैँ” अध्यक्ष न्याैपानेले भने ।

यता निवर्तमान अध्यक्ष गाैतमले भने आफुहरूले आर्थिक बर्ष ०७८/०७९ काे निति तथा कार्यक्रममा एम्बुलेन्सका पनि प्रस्ट ब्यवस्था गरी संचालन गरेकाे बताए ।पाणिनि गाउँपालिकामा २०७७ पौष १९ बाट दुईवटा एम्बुलेन्स सञ्चालनमा आएका थिए । पाणिनि गाउँपालिकाको कार्यालय र लंकबहादुर केसी तथा मथुरा केसीको संयुक्त लगानीमा सञ्चालनमा आएका एम्बुलेन्सको पाणिनि गाउँपालिका तत्कालिन अध्यक्ष अच्युत गौतमले रिबन काटी उद्घाटन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्